समाज

मौलिक काँठे गित संरक्षण प्रतिष्ठान नेपाल गठन

काठ्माण्डौ । मौलिक संस्कृतिको संरक्षण र प्रबर्द्धनको निमित्त कलाकार, श्रोता र सञ्चारकर्मि एकजुट बन्दै ‘मौलिक काँठे गित संरक्षण प्रतिष्ठान’ नामक संस्थाको गठन गरिएको छ । चर्चीत लोक तथा दोहोरी सर्जक रमेश श्रेष्ठको अध्यक्षतामा गठन गरिएको यस संस्थाले ओझेलमा पर्न लागेको कठ्माण्डौ आसपासको जिल्लामा निकै रुचाईने मौलिक लोक लय, मौलिक संस्कृती, रितिरिवाज र पहिचानको बिषयबस्तुलाई प्रबर्धन र प्रोत्साहन गर्ने जनाईएको छ ।

पछिल्लो समय अन्य भेगिय लोक तथा दोहोरी गितको प्रभावले वास्तविक काँठे क्षेत्रको गित संगित र संस्कृती लोप हुने अवस्था आएकोमा चिन्तित बनेका ब्यक्ती हरुको साझा संस्थाको रुपमा यसको जन्म भएको यस संस्थाकी उपाध्यक्ष तथा लोक सर्जक निरु न्यौपानेले बताईन । जुन संस्थामा काँठे गित संगित र संस्कृतिलाई मायाँ गर्ने दर्शक, श्रोता, कलाकार, सञ्चारकर्मी जो कोही अटाउन सक्ने छन भन्छन संस्थाका सह-सचिब किरण गौतम ।

संस्थाले ठेट लोकलय संकलन तथा संरक्षण, बार्षिक रुपमा अवार्ड बितरण तथा सर्जक सम्मान,गित संगितमा भित्रीने बिकृती र बिसंगतीका विरुद्ध आवाज उठाउने र त्यस्ता गित संगितलाई निरुत्साहित गर्ने लगायत रहेको संस्थाका उपाध्यक्ष तथा सञ्चारकर्मी माधब खड्काले बताए । एक्लै एक्लै बोल्दा केही नहुने रहेछ, दिनप्रतिदिन लोक संगितमा बिकृती मौलाउँदै गएको छ । अब कलाकार मात्र, सञ्चारकरर्मी मात्र नभई स्वयं श्रोता पनि जागरुक हुनपर्ने रहेछ त्यसैले सबैको साझा संस्थाको रुपमा यस संस्थाको जन्म भयो भन्छन संस्थाका वरिष्ठ उपाध्यक्ष राम बजगाँई ।

मौलिक काँठे गित संरक्षण प्रतिष्ठानको कार्यसमिती:

सल्लाहकार समितिको सभापती:महेश नेपाल
अध्यक्ष: रमेश श्रेष्ठ
बरिष्ठ उपाध्यक्ष:राम बजगाँई
उपाध्यक्ष तथा प्रचार बिभा प्रमुख:माधब खड्का
उपाध्यक्ष तथा महिला बिभाग प्रमुख:निरु न्यौपाने
उपाध्यक्ष तथा सम्पर्क बिभाग प्रमुख:सुमन सापकोटा
कोषाध्यक्ष:सुजिता आचार्य
सचिव:हरि घिमिरे
सह-सचिव तथा शाखा प्रमुख:किरण गौतम
हरेक जिल्ला शाखाको अध्यक्ष केन्द्रीय कमिटिको स्वत सदस्य ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.