समाज

स्थानिय निर्वाचन गराउन भन्दै सर्बोच्चमा रिट दायर

काठमाडौं । स्थानीय निर्वाचन कहिले भन्ने अन्यौलता सृजना भइरहेको बेला स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन कार्यान्वयनको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छि ।

अधिवक्ता चिरञ्जीवी नेपाल लगायतले आयोगको प्रतिबेदन कार्यान्वन गर्नुपर्ने भन्दै रिट दायर गरेको हुन् । रिट भोलिका लागि पेशी तोकिएको छ ।
दायर गरेको रिटमा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने र त्यस अनुसारनै चुनाव गर्नुपर्ने माग गरिएको छ । अधिवक्ता रिजालले वैशाखमा चुनाव गर्ने भनिएको तह कि निकाय भन्ने उल्लेख नभएकाले रिट दायर गर्नुपरेको बताए ।

आयोगको प्रतिवेदन अनुसारनै चुनाव हुनुपर्ने दायर रिटमा उल्लेख गरिएको उनले बताए । स्थानीय तह कि निकायको चुनाव गर्नेबारे परेको अर्को रिटमा सर्वोच्चले ११ गते फैसलाको मिति तोकिसकेको छ ।

स्थानीय तह पुनर्संरचना आयोगले ७१९ स्थानीय तह सहितको प्रतिवेदन बुझाइसकेको छ । तर, सरकारले प्रतिवेदन अध्ययनका लागि १५ दिने समय दिएर कार्यदल गठन गरेको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.