समाज

अमेरिका पठाउनेभन्दै एसियाली राष्ट्र लगेर नेपालीलाई छाड्ने गिरोह सक्रिय

काठमाडौं । अमेरिका, क्यानडा, अष्ट्रेलिया, युरोपलगायत विकसित राष्ट्र पुगाइदिने प्रलोभनमा पारी मानवतस्कर गिरोहले मोटो रकम असुल्दै नेपालीलाई दक्षिणपूर्वी एसियाली राष्ट्र पुगाएर अलपत्र छाड्ने गरेको भेटिएको छ ।

नेपालीलाई ती राष्ट्रसम्म पुर्याउन उनीहरुले दक्षिणपुर्वी एसियालाई ‘ट्रान्जिट’बनाइरहेको समेत खुलेको छ । नागरिक दैनिकले समाचार छापेको छ ।

दक्षिणपूर्वी थुप्रै एसियाली राष्ट्रले नेपाललाई सहज रुपमा ‘भिसा’दिँदै आएका छन् । दक्षिणपुर्वी एसियाली केही राष्ट्रले नेपालीलाई सुशल्क‘अनअराइभल’भिसा दिँदै आएका छन् त केहीले निःशुल्क । मानवतस्करले यही सुविधाको फाइदा उठाउँदै नेपालीलाई सहज रुपमा ती देश पुर्याई मोटो रकम असुलेर अलपत्र छाड्ने गरेको पाइएको छ ।

‘मानवतस्करले कैयौ नेपालीलाई पर्यटक भिसामा दक्षिणपुर्वी एसियाली राष्ट्र ल्याई अमेरिका, अष्ट्रेलिया, क्यानडा, दक्षिण कोरिया, जापान, युरोप लगायत देशको भिसा लगाई ती राष्ट्रमा पठाइदिने प्रलोभनमा पाी ठग्दै आएको देखिएको छ ।’

थाइल्याण्डका लागि नेपाली राजदुत खगनाथ अधिकारीले भने,‘तस्करहरुले दक्षिणपुर्वी एसियालाई ट्रान्जिट बनाएको देखिन्छ जसका कारण धेरै नेपाली यहाँ आइपुगेर ठगिने र अलपत्र पर्ने क्रम बढिरेहेको छ ।’

तस्करहरुले नेपालीसँग ८ देखि २० लाख रुपैयाँसम्म असुल्ने गरेका छन् । मोटो रकम असुलेपछि भने अलपत्र छाडेर तस्करहरु भाग्ने गरेका छन् ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.