समाज

एमालेको कार्यक्रम रोक्न आएका मोर्चा कार्यकर्ताले प्रहरी हतियार खोस्न खोज्दा हवाई फायर

बाँके जिल्लामा पर्ने गुलरिया- नेपालगञ्ज सडक खण्डको सोनपुर गोनाना भन्ने ठाउँमा एमाले कार्यकर्ता र मधेसी मोर्चाका कार्यकर्तावीच तनाव बढेपछि प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरेको छ ।

मधेसी मोर्चाका कार्यकर्ताले प्रहरीको हतियार खोस्न खोजेपछि दुर्इ राउण्ड हवार्इ फायर गर्नुपरेको जिल्ला प्रशासनले जनाएको छ ।

तर, मधेसी मोर्चाका नेता इस्तियाक राईले भने आफ्ना कार्यकर्ताले प्रहरीको हतियार नखोसेको बताएका छन् । नेपालगञ्जमा आयोजित कार्यक्रममा सहभागी हुन आउनेहरुलाई रोक्नेमात्रै आफूहरुको लक्ष्य रहेको मोर्चाका नेताको दाबी छ ।

उक्त सडक खण्डमा मोर्चाका कार्यकर्ताले आमसभामा भाग लिन हिँडेका एमाले समर्थकलाई बाटो अवरुद्ध पारेपछि तनाव उत्पन्न भएको हो ।

 

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.