समाज

अब पुन हिन्दु राज्य पुनर्स्थापना ? सुरु भयो धार्मिक शक्ति केन्द्र बनाऊने बृहद अभीयान

महेश नेपाल, काठ्माण्डौ । बिश्वकै एक मात्र हिन्दु राष्ट्र नेपाललाई बिदेशिको प्रभावमा एकाएक धर्म निरपेक्ष बनाइएपछि बहुसंख्यक हिन्दुधर्मावलम्बी रुष्ट छ्न र पुन: हिन्दु राष्ट्रको पक्षमा रहेका छन । हिन्दु राष्ट्र नेपालको अस्तित्व डलरमा साटिएपछी हिन्दु धर्मसंग सम्बन्धीत विभिन्न संघ संस्था बिचमा धार्मिक आध्यात्मिक शक्तिकेन्द्र स्थापनाका लागि सनातन हिन्दु मोर्चाको आयोजनामा सनातन हिन्दु महासम्बेलन २०७३ को आयोजना हुदै छ।

ऋसीमुनिहरुको अथाह अनुपम कृपा र सदियौ देखि चलिरहेको धर्म सस्कृति र सभ्यताको अनुयायी नेपाली आपसमा मिल्न नसकेको प्रति ध्यान पुर्याउदै आ – आफ्नो स्वार्थ भन्दा माथि उठेर राष्ट्र, धर्मका लागि शसक्त शक्ति केन्द्र निर्माण गरि हिन्दु राष्ट्र नेपाल कायम गर्न आफुहरु प्रतिबद्ध भएको बताईएको छ । धार्मिक संघ सस्थाहरुको गठबन्धन सहकार्य गर्ने भनि लिखित कार्यविधि नै प्रस्तुत गरिएको छ ।

सनातन हिन्दु मोर्चाले सो कार्यविधिमा प्रत्यक सस्थाबाट ५ जना प्रतिनिधि उपस्थित गराउने बताएको छ । प्रतिनिधि संस्थाको एक जनाले ५ मिनेटको समय लिएर आफ्नो संस्थाको बिचार राख्न समय दीने जनाएको छ । महासम्मेलन बिशुद्ध राजनीति रहित गराउने प्रयास समेत गर्ने मोर्चाले प्रष्ट पारेको छ । नेपालको  जन्म, अस्तित्व, बिकास,  पहिचान तथा राष्ट्रीयताको सनातन हिन्दु राष्ट्रको मुख्य पद्दति भएकाले उपस्थित सबैले हृदयत : यसलाई स्वीकार गरेको हुनु पर्ने सनातन हिन्दु मोर्चा नेपालले बताएको छ । महा-सम्मेलन यहि चैत्र ३० र ३१ मा काठ्माण्डौको बनकालीमा हुँदैछ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.