समाज

पोखराका मेयर भन्छन् : “सोचे जस्तो काम गर्न सकिन”

पोखरा–लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले आफूले सोचेजस्तो काम गर्न नसकेको स्वीकार गरेका छन् ।

बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै मेयर जिसीले एक वर्षमा भएका काम र आगामी योजना सार्वजनिक गर्दै कानुन अभाव, कर्मचारीको अभाव र परम्परागत ढंगले काम गरेका कारण सोचेअनुरुप हुन नसकेको बताए ।

उनले सडकको मापदन्ड, प्राकृतिक स्रोत–साधनको दोहन मुख्य चुनौतीकारुपमा रहेको औंल्याए ।

आगामी आर्थिक वर्षदेखि योजनासहित चुनावको बेला गरेका वाचा पूरा गर्ने प्रतिबद्धता मेयर जिसीको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.