समाज

चैते दशैं : दुर्गा भवानीको पूजा आराधाना गरी मनाइदै

चैत अष्टमी अर्थात चैते दशैं पर्व आज हिन्दू धर्मावलम्बीले दुर्गा भवानीको पूजा आराधाना गरी मनाउँदैछन् ।

आज काठमाडौं लगायत मुलुकका विभिन्न शक्तिपीठ तथा मन्दिरमा शक्तिस्वरुपा भगवतीको दर्शनार्थ बिहानै देखि भक्तजनहरुको घुँइचो लागेको छ ।

चैत र असोजमा गरी वर्षमा दुई पटक गरिने दुर्गा पूजाको विशेष महत्व रहेको शास्त्र उल्लेख छ । असोजमा मनाईने वडा दशैं भन्दा कम महत्वको मानिए पनि चैते दशैंको दिन पनि देवीको मन्दिरमा बलि दिने र पूजा आरधना गर्ने गरिन्छ । शक्तिस्वरुपा भगवतीको आरधना गर्नाले जस्तोसुकै संकटबाट पनि पार पाउन सकिने सप्तशती, चण्डी, देवीभागवत, कालिकापुराण आदिमा उल्लेख छ ।

दानवीय शक्तिमाथि दैवी शत्तिको विजय उत्सवका रुपमा मनाईने चैते दशैंमा विभिन्न शक्तिपीठहरुमा पशुवली दिने गरिन्छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.