समाज

उपप्रमुखसंग महिला कार्यक्रम मार्फत पोखरा ८ मा शैक्षिक सहजता कार्यक्रम

विभिन्न कारणले अध्ययन गर्नबाट बञ्चित भएका महिलाहरुलाई साक्षर बनाउने उद्देश्यले पोखरा महानगरका उपप्रमुखसंग महिला कार्यक्रम सञ्चालन गरिएको छ । उपप्रमुखसंग महिला कार्यक्रम मार्फत शैक्षिक सहजता कार्यक्रम सञ्चालन गरिएको हो ।

पोखरा महानगरपालिका वडा नम्वर ८ मा रहेको एयरपोर्ट टोल विकास संस्थाको आयोजनामा उपमेयसंग महिला कार्यक्रम मार्फत तीन महिने शैक्षिक सहजता कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रमको पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले सोमबार उद्घाटन गरिन् । उनले हिजो विभिन्न कारणले शिक्षा आर्जन गर्नबाट बञ्चित भएका आमा दिदिबहिनीहरुलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको बताइन् ।

उनले शिक्षा सिकाई भएकाले मानिसले जन्मदेखि मृत्यु नहुदाँसम्म जारी रहने र कहिल्यै अन्त्य नहुने बताउदै सिक्न हिचकिचाउन नहुनेमा जोड दिइन् ।

उनले गहना र कपडा लगाउनेमा प्रतिस्पर्धा भन्दा शिक्षा सिकाईमा प्रतिस्पर्धा गर्न आग्रह गरिन् । उनले अहिले प्रविधिको जनामा भएको बताउदै त्यही अनुसार आफुलाई परिमार्जित गर्न आग्रह गरिन् ।

कार्यक्रममा पत्रकार विनोद लामिछानेले उपप्रमुखसंग महिला कार्यक्रमले शिक्षाको उज्यालो घामबाट बञ्चित आमा दिदिबहिनीहरुलाई केही सहजता प्रदान गर्ने बताए ।

एयरपोर्ट टोल विकास संस्थाका अध्यक्ष शावित्री घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्वर ८ वडा सदस्यद्धय किरण गौतम र लक्ष्मी कौशलले महिलाहरुलाई सक्षम बनाउन महानगरले उपप्रमुखसंग महिला कार्यक्रम ल्याएको बताउदै शैक्षिक सहजता कार्यक्रम प्रभावकारी हुने बताए ।

एयरपोर्ट टोल विकास संस्थाका निर्वतमान अध्यक्ष कमला श्रेष्ठ, हातेमालो आमा समुहका सचिव मिना ढकाल, महिला उद्यमी संघका कुलमाया पौडेल लगायतले बोलेका थिए ।
तस्विर पनि छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.