समाज

नेपाली नागरिकता बनाउन खाेज्ने भारतीय पक्राउ

विवरण ढाँटेर आफनो छोरालाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाउन खोज्ने एक जना भारतीयलाई प्रशासनले पक्राउ गरि आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको छ ।

२०६३ मा वीरगंज महानगरपालिका १३ ठेगाना देखाई ३४३०८/४८ नम्बरको नागरिकता लिएका सदामा साह तेलीलाई प्रशासनले पक्राउ गरेको हो । गृहमन्त्रालयले २०६८ पुष २० गते साहको नागरिकता बदर गरेको थियो ।

बदर गरिएको नागरिकता लिएर छोराको नागरिकता बनाउन गएका साह पक्राउ परेका हुन् । विवरण ढाँटेर नागरिकता बनाउन पुगेका सुदामा साह तेलीलाई पक्राउ गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र पौडेलले बताउनु भयो ।

साह बिरुद्ध ०७१ सालमा जिल्ला प्रहरी कार्यालय पर्सामा झुठा विवरण पेश गरी नेपाली नागरिकता प्रमाण पत्र लिएको आरोपमा उजुरी दर्ता भएको थियो ।

अब त्यही मिसिलका आधारमा झुठो विवरण पेश गरेको आरोपमा मुद्धा चलाउने जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख रेवती ढकालले बताउनु भयो । पछिल्लो पटक वैशाख २ मा सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकता पाएका नेपालीका सन्तानले बंशजको नागरिकता पाउने बाटो खुला गरिदिएपछि जिल्ला प्रशासन कार्यालय पर्सामा नागरिकता लिनेहरुको भिड बढेको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.