कैलाली र कञ्चनपुरमा विनाशकारी हावाहुरीका कारण २० जनाभन्दा बढी घाइते भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। बिहिबार साँझ करिब साढे सात बजेतिर आएको हावाहुरीले धेरै घर,बाटो र बिजुलीका पोलमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ।
कञ्चनपुरमा हुरीबाट १० जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीयले हुरीसँगै असिना समेत परेको बताएका छन् ।
प्रहरीले रातको समय भएपनि उद्दार कार्यमा सक्रियतापूर्वक लागिपरेको जनाएको छ । हुरीको धेरै प्रभाव कैलालीको धनगढी र कञ्चनपुरको भीमदत्तनगर क्षेत्रमा परेको बताइएको छ ।