समाज

युवतीलाई यातना दिएको आरोपमा ‘धर्तीमाता’ पक्राउ

आफूलाई धर्तीमाता बताउँदै युवतीलाई यातना दिने एक महिला पक्राउ परेकी छिन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गुल्मी घर भइ बुटवल बस्ने ३२ वर्षीया विष्णु कुवँरलाई पक्राउ गरेको हो।

उनलाई शुक्रवार बालाजुबाट नियन्त्रणमा लिएको परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।

उनले गत असार ५ गते भद्रकाली मन्दिर परिसरमा युवतीलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले कुवँरको खोजी गरेको थियो।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.