समाज

ट्रकभित्रै महिलालाई जबरजस्ती करणी गर्ने दुई जना पक्राउ

ट्रकभित्रै महिलालाई जबरजस्ती करणी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका–३ सूर्यचोक बस्ने ३२ बर्षका सहचालक गोपाल भण्डारी र मोरङ उर्लाबारीकै ३१ बर्षका चालक विमल ढकाल रहेका छन् । उनीहरुले असार ११ नवलपरासीबाट दमौली आउँदै गरेको ना १ क ४३४९ नम्बरको ट्रकमा एक महिलालाई नवलपुरस्थित डण्डा भन्ने स्थानबाट चढाएका थिए ।

ट्रकमा लिफ्ट दिएकी महिलालाई दुवैले तनहुँ व्यास नगरपालिका–१२ छिर्कने स्थित पृथ्वीराजमार्ग सडक किनारामा लगेर जबरजस्ती करणी गरेका थिए । घटनाबारे गण्डकी प्रदेश प्रहरी कार्यालयबाट सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरी टोली ट्रक र संलग्न ब्यक्तिहरुको खोजीमा जुटेपछि उनीहरु पक्राउ परेका हुन् ।

तनहुँ ब्यास नगरपालिका–३ बनबाटिका चौर नजिकैबाट दुवैलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको हो । पक्राउपछि तनहुँ जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.