भर्खरै समाज

सडक दुर्घटनामा शिशुसहित दुईको मृत्यु

बाँके, २१ मङ्सिर । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्तीसोनारी गाउँपालिका–२ जिरो पोइन्टमा भएको सडक दुर्घटनामा एक शिशुसहित दुई जनाको मृत्यु भएको छ । नेपालगञ्जदेखि दाङतर्फ बिरामी लिएर जाँदै गरेको रा१झ १६१ नंको एम्बुलेन्स र विपरीत दिशाबाट आइरहेको ना८ख ५४३२ नंको ट्रक एकापसमा ठोक्किएर दु र्घट ना भएको थियो ।

दुर्घटनामा एक शिशु र चालक सल्यानको छत्रेश्वरी गाउँपालिका–१ का २८ वर्षीय चित्रबहादुर सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । शिशुको घट नास्थलमै र एम्बुलेन्स चालकको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक हस्तबहादुर सुनारले दु र्घट नामा दाङको दङ्गीशरण नगरपालिका–५ का ३६ वर्षीय तीलकराम खड्का र उहाँकी पत्नी २४ वर्षीया मालती खड्का घाइते र तिलकरामको अवस्था गम्भीर रहेको छ । घाइते दुवै जनाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको भइरहेको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.