भर्खरै समाज

प्रहरीलाई घुस दिने पक्राउ

रुपन्देही । गोरु व्यापार गर्न सहयोग गरिदिन आग्रह गर्दै प्रहरीलाई घुस दिने व्यक्तिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

रुपन्देही वसन्तपुर गाउँपालिका–४ का जहरुद्दीन तेलीले वडा प्रहरी कार्यालय वालिङ, स्याङ्जाका प्रमुख प्रहरी निरीक्षकलाई आफ्नै कार्यकक्षमा काम गरिरहेको अवस्थामा रु १५ हजार घुस दिँदै गरेको अवस्थामा आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।

यस्तै आयोगले घरेलु मदिरा बिक्री वितरणमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु १५ हजार घुस लिएको अवस्थामा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी जवान सरोजकुमार यादवलाई नियन्त्रणमा लिएको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.