भर्खरै समाज

घुस लिएको आरोपमा मुद्दा

सर्लाही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय साँखुमा कार्यरत कर्मचारीले जग्गाको टे«स नक्शा बनाइ दिएबापत घुस लिएको अभियोगमा अमिन सुशील बुढाथोकीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार सेवाग्राही ज्ञानबहादुर कार्कीसँग जग्गाको नक्शा बनाउने क्रममा रु चार हजार घुस मागेको आरोप लागेको छ । आयोगले आरोपीविरुद्ध बिगो बमोजिमको कारवाहीको माग गरेको छ ।

मालपोत कार्यालय हरिवन सर्लाहीका खरिदार देवीचरण न्यौपानेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मालपोत कार्यालय हरिवनमा सर्लाहीमा लेखनदासको काम गर्ने केशवबहादुर कार्कीले रु एक हजार घुस लिई खरिदार न्यौपानेलाई दिएको पुष्टि हुन गएको आयोगले जनाएको छ ।

त्यस्तै ट्राफिक प्रहरी पोष्ट महेन्द्रनगर धनुषामा कार्यरत प्रहरी सहायक निरीक्षक नवीनकुमार झाले टिपरको सम्पूर्ण कागजात हुँदाहुँदै पनि घुस मागेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्रहरी सहायक निरीक्षक झाले रु एक हजार घुस लिएको अभियोग लागेको छ ।

जिल्ला प्रहरी कार्यालय मलंगवा, सर्लाहीका प्रहरी निरीक्षक रामकिशोर साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

ठगीसम्बन्धी उजुरी मिलाइदिने भन्दै साहले रु ९० हजार घुस मागेको अभियोग लागेको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.