भर्खरै समाज

अनुत्र्तीर्ण भएकालाई लाइसेन्स दिएको अभियोगमा मुद्दा

काठमाडौँ, ११ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुखवि रुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार कार्यालय प्रमुख आनन्दकेशरी पोखरेलले सवारी चालक अनुमतिपत्रको परीक्षामा अनुत्र्तीण भएका ७१ जनालाई उत्र्तीण भएको भनी प्रमाणपत्र दिएको अभियोगमा मुद्दा दायर गरिएको हो । आयोगले पोखरेलका अतिरिक्त रुपन्देहीका प्रहरी निरीक्षक रवीन्द्र श्रेष्ठको समेत मिलेमतो भएको पाइएकाले कैद तथा जरिवानाको माग गरी मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पामा नक्कली बिल भरपाई पेश गरी सरकारी रकम लिई भ्रष्टाचार गरेको अभियोगमा हात्तीपाइले कार्यक्रममा सञ्चालक सिनियर अहेव मीनबहादुर विष्टवि रुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । विष्टले सवारी भाडाबापत रु दुई लाख ३४ हजार बराबरको रकम हिनामिना गरेको पाइएको आयोगले जनाएको छ । यातायात व्यवस्था कार्यालय सेती अञ्चल कार्यालय धनगढीमा कार्यरत टाइपिष्ट नायब सुब्बा लक्ष्मीदेवी शाहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा आजै विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

त्यस्तै काठ फर्निचरको कारोवारमा सहजीकरण गरिदिने भन्दै रु आठ हजार घुस लिएको अभियोगमा इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङमा कार्यरत प्रहरी हवल्दार राजु श्रेष्ठलाई आज झापाको दमक नगरपालिका–४ ताराबारीबाट पक्राउ गरिएको छ । आयोगका अनुसार आरोपी श्रेष्ठको अनुसन्धान भइरहेको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.