भर्खरै समाज

घुस दिएको अभियोगमा पक्राउ

पर्सा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शान्ति सुरक्षाको काममा खटिएका प्रहरीलाई घुस दिन खोजेको अभियोगमा वीरगञ्ज महानगरपालिका–२ छपकैयाका अम्बेया खातुनलाई पक्राउ गरेको छ ।

वीरगञ्जबाट हेटौँडा जाँदै गरेको भाडाको बसमा भन्सार छलेर आयात गरेको लत्ताकपडा नियन्त्रणमा लिएपश्चात् ती सामान छुटाइदिन भन्दै खातुनले प्रहरीलाई रु २८ हजार घुस दिन खोजेको आरोप लागेको छ ।

खातुनले इलाका प्रहरी कार्यालय जीतपुर, बाराका कर्मचारीलाई घुस दिन खाजेको आयोगले आज जनाएको छ । आयोगले घुस रकमसहित खातुनलाई पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । आरोपी खातुनको अनुसन्धान जारी रहेको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.