भर्खरै समाज

ललितपुरको सानेपामा कबाडी कारखानामा आगलागी

ललितपुर नगरपालिका–३ सानेपास्थित कबाडी कारखानामा भीषण आगलागी भएको छ ।

आज बेलुकी करीब ८ः१५ बजेतिर लागेको आगो नियन्त्रणका लागि काठमाडौँ, भक्तपुर, ललितपुरका छ दमकल, केही पानीट्याङ्कर प्रयोग गरिएको छ ।

आगो नियन्त्रण अहिलेसम्म ६० प्रतिशत भएको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति भएको छैन भने के कति धनमालको क्षति भयो भन्ने यकिन विवरण आउन सकेको छैन । आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी क्रियाशील रहेको प्रहरी जनाएको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.