भर्खरै समाज

घुस लिएको अभियोगमा वीरगञ्ज महानगरपालिकाको कम्प्युटर अपरेटर जैसवाल पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु १५ हजार घुस लिएको अभियोगमा वीरगञ्ज महानगरपालिकाको कार्यालयमा कार्यरत कम्प्युटर अपरेटर राकेशकुमार जैसवाललाई पक्राउ गरेको छ ।

आयोगका अनुसार जैसवालले उपभोक्ता समितिले सम्पन्न गरेको कामको भुक्तानी गरी दिएबापत सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा आज सोही कार्यालयबाट पक्राउ गरिएको हो । आरोपीमाथि थप अनुसन्धान भइरहेको छ ।

यस्तै सशस्त्र प्रहरी जवान सचितनारायण विश्वासलाई रु पाँच हजार घुस लिएको अभियोगमा आजै आयोगले पक्राउ गरेको छ । मोरङको सीमा सुरक्षामा खटिएका जवान विश्वासले भारतबाट प्याज ल्याउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु पाँच हजार घुस लिएको अभियोग लागेको छ । आरोपी सशस्त्र प्रहरी जवानको छानविन भइरहेको आयोगले जनाएको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.