भर्खरै समाज

घुस लिएको अभियोगमा प्रहरी नायब निरीक्षक र प्रहरी जवानविरुद्ध भ्रष्टचारको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी सर्लाही त्रिभुवन नगरमा कार्यरत प्रहरी नायब निरीक्षक राजेशकुमार सिंह र घुमुवाका रुपमा काम गर्ने प्रहरी जवान मनोजकुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

भारतीय सीमा नाकाबाट सामान भित्र्याउन सहज गरिदिने भन्दै उनीहरुले सेवाग्राहीसँग रु ५० हजार घुस मागेको अभियोग लागेको छ । आयोगले बिगोअनुसारको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

यस्तै नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी शिक्षक पदमा जागिर खाएको अभियोगमा प्राथमिक विद्यालय सुनडाँडा भद्रकाली सिन्धुलीमा कार्यरत प्राथमिक शिक्षक ज्ञानु रायमाझीविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

Post Comment