भर्खरै राजनीति स्वास्थ्य

भारत र भूटानका प्रधानमन्त्रीद्वारा प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भूटान अधिराज्यका प्रधानमन्त्री डा लोते छिरिङले शुभेच्छा सन्देश पठाएका छन् ।

भारत र भूटानका प्रधानमन्त्रीले बेग्ला–बेग्लै शुभेच्छा सन्देश पठाएर प्रधानमन्त्री ओलीको पूर्ण स्वास्थ्य र सुस्वास्थ्यको कामना गरेको परराष्ट्र मन्त्रालयले आइतबार जनाएको छ ।

प्रधानमन्त्री ओली स्वास्थ्य समस्या देखिएपछि मंगलबार बिहान शिक्षण अस्पतालको मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा गएका थिए ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.