मुख्य समाचार स्वास्थ्य

फेरि थपिए ७ जना कोरोना संक्रमित, एकैदिन ७५ जनामा संक्रमण

काठमाडौं । शनिबार साँझ फेरि थप ७ जनामा कोरोनाको भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा आज मात्र ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो ३६ जना र बिहान ३२ जनामा संक्रमण पुष्टि भएको थियो । साँझ फेरि ७ जनामा कोरोना संक्रमित थपिएका हुन् ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा थप ७ जनामा कोरोना पुष्टि भएको हो । रुपन्देहीको गैडहवामा- ३, कपिलवस्तुका ३ र गुल्मी मदाने गाउँपालिकाका एक जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्र गिरीले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९१ पुगेको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.