सुचना-प्रबिधी

मार्क जुकरबर्गले गरे १० अर्ब दान

विश्वको सबैभनदा ठूलो सोसल नेटवर्किंग साइट फेसबुकक सस्थापक मार्क जुकरबर्गले आफ्नो साढे नौ करोड डलर  अर्थात् १० अर्ब २० करोड रुपैयाँ बराबरको शेयर बिक्रि गरी सो रकम च्यारिटी संस्थामा जम्मा गरेका छन् ।

दी चान जुकरबर्ग फाउन्डेसन र सिजेडआइ होल्डिंग्स एलएलसीले ९५ मिलियन डलर बराबरको फेसबुक शेयर बिक्रि गरेको फोब्र्सले जनाएको छ ।

यो कर नकटाउँदैको मूल्य हो । कर कट्टी लगायतपछि साढे ८ करोड डलर रकम हुन आउनेछ ।

जुकरबर्ग दम्पत्तिले सन् २०१८ सम्ममा प्रतिवर्ष बढिमा १ अर्ब डलर बराबरको फेसबुक शेयर बिक्रि गरी छोरीको नाउँबाट कल्याणकारी कार्यमा खर्च गर्ने योजना बनाएका छन् ।

गत वर्षको डिसेम्बरमा जुकरबर्ग र उनकी श्रीमती प्रिस्सिला चानले चान जुकरबर्ग अग्रसरता नामक कार्यक्रम मार्फत आफुहरुको फेसबुकमा रहेको ९९ प्रतिशत शेयर अर्थात् झण्डै ४५ अर्ब डलर मानव क्षमता विकाश तथा बालबालिकाको समानता प्रवर्द्धनका लागि खर्च गर्न दान गर्ने घोषणा गरेका थिए ।

उनीहरुले सुरु गरेको अभियानबाट बालबालिकामा व्यक्तिगत सिकाइ, रोगको उपचार, मानिसहरुबीच असल सम्बन्ध विकाश गर्ने तथा ससक्त समुदाय निर्माण गर्नमा केन्दि्रत हुने जुकरबर्गको भनाइ छ ।