पर्यटन

‘पर्यटनलाई सुरक्षित गन्तव्यका रुपमा विकास गरिने’

la:s]6 hfqfsf] cf7f}+ lbg Bf] :ju+ k'hf -;u'g hfqf_sf] cj;/df zlgjf/ ljleGg b]jL b]jtfx?nfO{ k"hf ug{hfg] qmddf afF;'/L ahfpFb} lszf]/Lx? . tl:a/ M nIdL uf?, /f;;, eQmk'/

व्यवसायीले सुरक्षा, पूर्वाधार लगायत अभावले पर्यटन क्षेत्रलाई गुणात्मक अभिवृद्धि गर्न नसकेको गुनासो गरिरहेका बेला गृहमन्त्री शक्तिबहादुर बस्नेतले पर्यटन क्षेत्रको सुरक्षा र प्रवद्र्धनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

‘गन्तव्य नेपाल न्युज डटकम’को दोस्रो वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “पर्यटकीय गन्तव्य र व्यवसायीको सुरक्षाप्रति सरकार गम्भीर छ, यसका लागि म दृढतापूर्वक लाग्ने प्रतिबद्धता दिलाउँछु ।”
आर्थिक विकास, शान्ति र सुशासनको राष्ट्रिय कार्यभारलाई प्राथमिकताका साथ अघि बढाउन जरुरी भएको उल्लेख गर्दै उहाँले आर्थिक विकासका महत्वपूर्ण आधार मानिने पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले राष्ट्र विकासको मूल आधार मानिने पर्यटन क्षेत्रको प्रवद्र्धन गरी नेपाललाई विश्वकै आकर्षक गन्तव्य बनाउनेतर्फ सबै जुट्नुपर्ने औँल्याउनुभयो ।

नेकपा (एमाले) पर्यटन विभाग प्रमुख सूर्य थापाले पर्यटकीय सम्भावना बोकेका उपल्लो डोल्पा, उपल्लो मुस्ताङ लगायत गन्तव्यमा लगाइएको बन्देज खुल्ला गरी मापदण्ड बनाएर खुला गरिनुपर्ने बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटाले मुलुकको आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकासमा सरकार र निजी क्षेत्र सहकार्य गरेर अघि बढनुपर्नेमा जोड दिनुभयो ।

नेपाल पर्यटन व्यवसायी केन्द्रका अध्यक्ष गणेश सिंखडा, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलिया, नेपाल पत्रकार महासङ्घका पूर्वसभापति विष्णु निष्ठुरी, पत्रकार ऋषि धमला लगायतले पर्यटन क्षेत्रलाई सुरक्षित र मर्यादित बनाउन सरोकार भएका निकाय गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

न्युज पोर्टलका प्रधानसम्पादक तथा राष्ट्रिय पर्यटन पत्रकार सङ्घ (नाटोज) का अध्यक्ष शिव अधिकारीले नेपालको पर्यटन क्षेत्रलाई सुरक्षित बनाई नयाँ गन्तव्य प्रवद्र्धन गर्न सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

सो अवसरमा पर्यटन व्यवसायीद्वय रामप्रसाद सापकोटालाई ‘लाङटाङ सद्भावना दूत’ र बलराम न्यौपानेलाई ‘लाङटाङ धरोहर’ घोषणा गरी सम्मान गरिनाका साथै ‘गोरखापत्र’का उपसम्पादक शरदराज सुवेदी, ‘नेपाल टेलिभिजन’का बद्री गौतम, ‘इमेज टेलिभिजन’का प्रतीक लामिछाने, ‘जनसवाल’ दैनिकका रामजी बगाले र ‘रातोपाटी अनलाइन’का सुजन ओली रहनुभएको छ ।