पर्यटन

टानका कोषाध्यक्ष लिला वल्दबलाई स्पष्टिकरण सोधियो

lila-ballabकाठमाडौं – टानका वर्तमान कोषाध्यक्ष लिलाबल्दब दाहाललाई ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) केन्द्रिय कार्यसमितिले स्पष्टिकरण सोधेको छ ।

बुधबार टानको सचिवालयमा बसेको कार्यसमिति बैठकले दाहालको कार्यसम्पादन सन्तोषजनक नरहेको भन्दै ७ दिनभित्र स्पष्टिकरण दिन आदेश दिएको हो ।

गत असोजमा कोषाध्यषमा निर्वाचित भए यता दाहालले गरेका सम्पूर्ण गतिविधिहरुको अध्ययन गरेर दाहाललाई स्पष्टिकरण सोधेको टानका महासचिव कर्ण लामाले बताए ।

टानले दाहालले संस्थाको आर्थिक गतिविधी संचालनमा असहयोग गरेको, अध्यक्ष र महासचिवको निर्णय अटेर गरेर आर्थिक व्यवस्थापन डामाडोल गरेको, आर्थिक गतिविधिका बारेमा सदस्यलाई जानकारी नगराएको विषयमा लिखित रुपमा जवाफ मागेको हो ।

टानले दाहाललाई आफ्नो विकल्प खोज्न समेत सुझाएको छ ।