पोखराको प्याराग्लडिङ अन्तरास्ट्रियबिमान स्थल बने पछी बिस्थापित हुने प्राय निश्चित भईसकेको छ । नयाँ बिमान स्थल बने पछी सराङकोटबाट प्याराग्लाडिङ उडाउन प्रतीबन्ध लाग्ने कुरा पहिले देखी नै मिडियामा अाइरहेको छ । त्येसैले पोखराका प्याराग्लाडिङ ब्यबसायिहरु अर्को ठाउँको खोजीमा लागि परेका छन। पोखरा कै भिबिन्न स्थानहरु जस्तै घार्मीको ढिकि डाडा, अर्मलाकोट र स्याङ्जाका बिभिन्न स्थानहरुमा परिक्षण उडानहरु समेत भईसकेको छ । बिमानस्थल बन्न ४ बर्ष लाग्ने अनुमान गरियको छ भने कतीपय प्याराग्लाडिङ ब्यबसायिहरु ४ बर्षमा बिमानस्तल बन्न नसक्ने हुनाले अझ लामो समय सम्म प्याराग्लाडिङ ब्यबसायी आरामले गर्न मिल्ने बताउछन ।
पोखराबाट प्याराग्लाइडिङ सेवालाई बाहिर स्थानान्तरण गर्दा कर छुट पाहिने कुरा पनि चलेको छ । पोखरामा प्याराग्लाइडिङ अत्यन्तै लोकप्रिय रहेको छ । साहसिक खेलको रुपमा विकास भईरहेको प्याराग्लाइडिङ व्यावसायिक उडानका लागि पोखरा बाहिर पनि विकल्प खोज्न सम्बन्धित मन्त्रालयका अधिकारीले पोखराका पर्यटन व्यवसायीलाई सुझाव दिईसकेका छन् ।
प्याराग्लाइडिङ पाइलोट प्रेम केसी का अनुसार ललितपुर, धनकुटा, सुर्खेत, वालींग, तानसेन, बन्दीपुर लगायतका ठाउँमा पनि व्यवसायीक प्यराग्लाइडिङ सुरु भैसकेको कतै सुरु गर्ने गरी परिक्षण उडान गरिसकियाको छ । ताल माथि गरिने प्याराग्लाइडिङ उडान प्याराग्लाइडिङ मंध्य सबै भन्दा राम्रो मानिन्छ । पोखरामा आउने पर्यटक मध्ये केहि प्याराग्लाइडिङ र अल्ट्रालाइटमा उड्ने भनेर नै आउने । पछिल्लो समयमा पोखरा प्याराग्लाइडिङ र अल्ट्रालाइटको लागी निकै लोकप्रिय भयको छ । हाल बिध्यमान ६२ वटा प्याराग्लाइडिङ उडाउने कम्पनीहरु दर्ता रहेको मध्ये ४२ वटा कम्पनीहरु संचालनमा छन् । नेपाली १८५ जना प्यारा पाइलट छन् भने विदेशी १५ जना रहेको छन तर प्यारा पाइलोटहरुको सख्या दैनीक जसो बड्ढोक्रममा रहेको छ ।
१० दिन देखी ३ महिना सम्मको प्याराग्लाइडिङ पाइलोट ट्रेनिङ कोर्सेले गर्दा प्यारा पाइलोटहरुको सख्यामा ब्रिद्धी भाईरहेको पाहिन्छ । अफ सिजनमा पर्यटकको कमीले गर्दा प्याराग्लाइडिङ ब्यबसाय राम्रो संग चल्न नसक्दा पोखराबाट प्यारापाइलटहरु चाइना सम्म पुगेर प्याराग्लाइडिङ उडान गर्ने गर्दछन भने सिजनमा पोखरा भन्दा बाहिरको स्थानहरुमा समेत प्याराग्लाइडिङ उडान गर्ने गर्दछन।
स्काई स्पोर्ट प्याराग्लाइडिङ कम्पनीका संचालक एबम प्यारापाइलोट बिष्णु बहादुर लामिछाने भन्नु हुन्छ पिक सिजनमा एकजना पाइलोटले ३ वटा सम्म उडान गर्न पाउछ भने अफसिजनमा एउटा मात्र उडान गर्ने अनुमति रहेको छ ।
कास्कीको सराङ्कोटबाट उडाय जस्तो अरु ठाउँबाट प्याराग्लाडिङ उडाउदा रोमान्चक र रौनौक नहुने प्यारापाइलटहरु साथै प्याराग्लाइडिङ गर्नेहरु बताउछन । कास्कीको सराङकोट प्याराग्लाडिङको उडानको लागि एक उक्रिस्ट स्थान हो जस्को तल फेवाताल रहेको छ । यो जस्तो उक्रिस्ट स्थान अनेत्र पाउन नसकिने बताउछन प्यारा पाइलाट प्रेम केसी ।
अधेपी पोखराको वरपरका अग्ला स्थानहरुबाट प्याराग्लाइडिङ गर्न सकिने स्थानहरुको खोजी कार्य जारी रहेको छ । पर्यतटहरु लोब्याउने एक महत्वपूर्ण पर्यटक उद्योगलाई पोखरेलीहरुले पक्कै पनि पोखरा नजिक कै कुनै स्थानमा स्थानान्तर गर्ने अभियानमा लागेका छन प्याराग्लाइडिङ ब्यबसायीहरु । तर जब सम्म पोखरामा नयाँ बिमानस्थल बनेर पूर्णता पाउने छैन तेतिन्जेल सम्म फेवाताल माथिको आकाशमा सुरक्षित रुपमा प्याराग्लाइडिङ उडान भईरहने नै छ ।