भिडियो

नव गायिका अश्मिता परियारको नयाँ गित “कुन सुरुवात”

नेपाली सांगीतिक आकाशमा सम्भावना बोकेकी नव गायिका हुन अश्मिता परियार । पछिल्लो समय नेपाली सांगीतिक आकाशमा थुप्रै गायक गायिकाहरुको आगमन भयो तर धेरै आए कमैले सफलता पाए । तर यहि भिडमा अर्की गायिकाको आगमन भएको छ गायिका अश्मिता परियारको ।

आधा दशक भन्दा लामो समय संगीतमा लगाव राख्नुभएको अश्मिता ललित कला नेपाल एकेडेमीमा संगितको अध्यापन गरिरहनु भयको छ र उनले संगीता राणा प्रधान र लावणी चक्रवर्ती संग पनि शास्त्रीय संगीत सिकिरहनु भएको छ र यिनै नव गायिका अश्मिता परियारको नयाँ गीत सार्वजनिक भएको छ । र गीत हो “कुन सुरुवात” ।गायिका अश्सांमिता परियारको “कुन सुरुवात ” बाट नेपाली सांगीतिक आकाशमा सांगीतिक यात्रा तय भएको छ । सांगीतिक करिएरमा आफ्नो पहिलो कोसिस लिएर आउनुभएको गायिका परियार गीत “कुन सुरुवात” ले रेकर्ड पश्चात सबै बाट राम्रो तारिफ पाएको थियो र यहि गीतलाई ट्रि ईन्टरटेनमेन्टको युट्ब च्यानलमा मार्फत शनिबार भिडियो सहितको गीत सार्वजनिक गरिएको छ ।

शनिबार सार्वजनिक भएको गीतमा शब्द प्रतिमा श्रेष्ठको रहेको छ भने अनिल शाहीको संगित रहेको छ । संगीतकार अनिल शाही कै आफ्नै स्टुडियो ब्लु बेरी स्टुडियोमा रेकर्ड गरिएको थियो । गितको भिडियो लाई टैवा प्रोडक्सनका लागी शान थापाले र्निदेशन गरेका हुन ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.