युएस नेपाल न्युज । बिगत लामो समय देखि संगित कर्ममा सकृय अमृत आचार्य उर्फ माईला गुरुले आईतबार “रुँदा गाउँबेशी” बोलको गित सार्वजनीक गरेका छन । साईली रिमै, कुहु-कुहु, चुरोट-सलाई, मेरो को छ र, चुनाव आयो भेडा हो, उकालीमा वर पिपल, भेट जहाँ छौ, बुङ्गो लगायत दर्जन भन्दा बढी सफल गित पस्कीसकेका आचार्यको पछील्लो सृजनाको रुपमा रुँदा गाउँबेशी बोलको गित डिजिटल बजारमा आएको हो ।
अमृत आचार्य स्वयं र राजकुमार खनालको संयुक्त शब्द सृजना, अमृत आचार्यकै संगित संकलन र उनै अमृत आचार्य र स्मृती शाहीको सुमधुर स्वरमा गित सुन्न सकीन्छ । RBG स्टुडियोमा रेकर्ड सम्पन्न भएको उक्त गितको म्युजिक एरेन्ज सुफीक्स मदनले गरेका हुन भने गोबिन्द डिजिले मिक्सिङ गरेका हुन ।
लोकप्रीय गायक, सर्जक, मोडल, पत्रकार तथा निर्देशक महेश नेपालको निर्देशन, कुशल क्यामेरामेन मरुभुमी नारायणको छायाँकन र कुशल भिडियो सम्पादक रोशन धितालको सम्पादनमा गितको म्युजिक भिडियो निर्माण भएको आचार्य बताउँछन ।
भिडियोमा कुशल गायक सर्जक तथा मोडल सागर भण्डारी ‘दिनेश’, उदाउँदै गरेकी अभिनेत्री सिवाङ्गी अधिकरी र अमृत आचार्य माईला गुरुको जिवन्त अभिनय देख्न सकीन्छ ।
गायक तथा संगित ब्यवसायी रामहरी भण्डारीको संयोजनमा तयार भएको गित अमृत आचार्य नामक युटुब च्यानल मार्फत डिजिटल बजारमा आएको हो । नयाँ च्यानल भएकाले सब्स्क्राईब, लाईक र कमेन्ट गरेर भरपुर साथ दिनुहुन गायक आचार्यले आग्रह समेत गरेका छन ।
भिडियो: