युएस नेपाल न्युज । दाजुभाई कृयसनमा प्रभात रुम्बाको प्रस्तुती ‘मै हुँ राम्री’ बोलको रोमान्टीक गित डिजिटल बजारमा चर्चामा रहन सफल भएको छ । टिकटक, युटुब, फेसबुक लगायतका सामाजीक सञ्जालमा गितले राम्रो पकड जमाउन सकेको निर्माण टिमले बताएको छ ।
प्रभात रुम्बा र शारदा रसाइलीको सुमधुर स्वरमा डिजिटल बजारमा आएको गित लोकप्रीय सर्जक महेश नेपालको शब्द सृजना, लोकप्रीय गायक तथा सर्जक राम स्याङ्तानको लय सृजमा तयार भएको हो ।
मिलन श्रेष्ठको निर्देशन, सरोज शाहीको छायाँकन र रोशन धितालको सम्पादनमा तयार भएको गितको म्युजिक भिडियोमा लोकप्रीय मोडलहरु, प्रकाश तामाङ ‘राज’, रामकुमार खतीवडा, राज मगर र निहारीका थापाको अभिनय देख्न सकीन्छ । गित राम स्याङ्तान अफिसियल युटुब च्यानल मार्फत डिजिटल बजारमा सार्वजनिक भएको हो ।
हेर्नुहोस भिडियो: