कोलोराडो नेवाः खलःको नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण

कोलोराडो नेवाः खलःको नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण
News कोलोराडो

कोलोराडो, अमेरीका | कोलोराडो नेवाः खलःद्वारा आयोजित नेपाल संवत् ११४७ को अवसरमा न्हू दँया भिन्तुना विविध सांस्कृतिक तथा सम्मान कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा संस्थाका विगतका गतिविधि र उपलब्धि समेटिएको स्मारिका “ज्वलं” को पनि विमोचन गरिएको थियो। संस्थाको मयजु क्लब संयोजक रमिता तुलाधरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा निर्वाचन समितिका संयोजक प्रेमकाजी श्रेष्ठले आगामी दुई वर्षे कार्यकाल अध्यक्ष मनोजकाजी तुलाधरको नेतृत्वमा
चयन भएको नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको नाम घोषणा गरेका थिए। निर्वाचन समितिका सदस्य भुवनकृष्ण श्रेष्ठले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शपथग्रहण गराएका थिए।