अमेरिका भर्खरै

नोभेम्बरमा अमेरिकामा दुई लाख ४५ हजार रोजगारी थपिएको सरकारी दावी

कोरोना भाइरसका कारण अमेरिकी अर्थतन्त्रमा परिरहेको प्रभाबका कारण अमेरिकी रोजगारी दरमा अपेक्षाकृत सुधार आउन नसकेको यहाँको श्रम मन्त्रालयले शुक्रवार जनाएको छ ।

विश्लेषकहरूले अपेक्षा गरेकोभन्दा श्रम बजार सुधार दर सुस्त देखिएको तर यसलाई महामारी नियन्त्रणमा आएसँगै सहजै सुधार गर्न सकिने प्रशस्त आधारहरू रहेका जनाएका छन् ।
नोभेम्बरमा बेरोजगारी दर अघिल्लो महिनाभन्दा करिब ०.२ प्रतिशतले कमी आएको हो ।

अक्टोभरमा ६.९ प्रतिशत कायम भएको वेरोजगारी दर नोभेम्बरमा घटेर ६.७ पुगेको अमेरिकी श्रम बजार विश्लेषकहरूले बताएका छन् । महामारीको प्रभाबसँगै ठूलो सङ्ख्या अर्थात् एक करोड ७० लाख श्रमिकले बेरोजगार बनेका थिए ।

अमेरिकामा नोभेम्बरमा लामो समय अर्थात् २७ हप्ताभन्दा बढी बेरोजगार हुनेको सङ्ख्यामा तीन लाख ८५ हजारले वृद्धि भई कूल ३९ लाखभन्दा बढी पुगेको मन्त्रालयले जनाएको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.