अमेरिका भर्खरै

अमेरिकाको टेनिसीमा सेस्ना विमान दुर्घटनाग्रस्त, सात जनाको मृत्यु

एउटा सानो सेस्ना जेट विमान शनिबार संयुक्तराज्य अमेरिकाको टेनिसी पोखरीमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबैको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।
सेस्ना सी५०१ विमान पर्सी प्रिस्ट लेकमा शनिबार बिहान दुर्घटनाग्रस्त भएको थियो । प्रारम्भिक विवरणमा स्मिर्ना बविमानस्थलबाट उडेको केही समयभित्रै विमान पोखरीमा खसेको उल्लेख छ ।
उद्धारकर्मीका अनुसार विमानमा सवार सबै सात जनाको ज्यान गएको छ । सङ्घीय हवाई उड्डयन प्रशासनले विमान दुर्घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको जनाएको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.