कोलोराडो भर्खरै

कोलोराडोमा सकृय संस्था नेपाली घरको साधारण सभा मे २३ हुने

  1. कोलोराडोमा सकृय नेपालीहरुको साझा संस्था नेपाली घरको साधारण सभा अगामी मे महिनाको २३ तारिक आईतबार आयोजना गरिने भएको छ ।

नेपाली घरको आज सम्पन्न कार्य समितीको बैठकले उक्त दिन साधारण सभा गर्ने निर्णय गरेको हो । बर्तमान परिस्थीतीको कारण सबै सदस्यहरु एकै ठाउंमा भेला भएर गर्ने वा जुम लगायत बिभिन्न सामाजिक संजाल मार्फत जोडिएर गर्ने टुङ्गो नभै सकेकोले यस बारे बिस्तृत जानाकारी पछि गराईने संस्थाका अध्यक्ष लछुमन रानाले बताएका छन् ।

साधारण सभामा संस्थाको भावी निती तथा कार्यक्रम तर्जुममा गर्ने, बिगतमा भए गरेका कार्यक्रमको अनुमोदन तथा आय ब्यायको हर हिसाब सार्बजानिक गर्ने जस्ता बिभिन्न बिषय रहेको अध्यक्ष रानाले बताएका छन् ।

त्यसैले आगामी मे २३ आईतबारका दिन समय मिलाई कार्यक्रममा सहभागी भई संस्थालाई महत्वपुर्ण सल्लाह, सुझाव दिई संस्थाको भावी मार्ग दिशा तयार गर्न तथा कोलोराडोमा नेपाली सामुदायिक भवन निर्माणको महान यात्रालाई साथ र सहयोग पु¥याउन सबैमा सार्वजनिक अनुरोध गरिएको छ । संस्थाले यसै सुचनालाई आधार मानी संस्थाका साधारण सदस्य, आजिवन सदस्य, गन्यमान्य, बुद्धीजिवी, समाजसेवी, संस्थाका सुभचिन्तक, अन्य बिभिन्न संस्थाका पदाधिकार, पत्रकार सर्वसाधरण सबैलाई कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ ।

Post Comment